फिल्मी फण्डा । बलिउड अभिनेता रणवीर कपुरको फिल्म ‘एनिमल’ शुक्रवारबाट संसारभर रिलिज भएको छ । फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । रिलिज अगाडि बिहीबार फिल्मको एक विशेष शो समेत आयोजना भएको थियो ।
जसमा बलिउडका स्टारहरूको सहभागिता थियो । अभिनेत्री आलिया भट्ट पनि पति रणवीरको सपोटका लागि फिल्मको विशेष शोमा पुगेकी थिइन् ।
उनी आफ्नी आमा सोनी राजदानका साथ प्रिमियरमा सहभागी थिइन् । फिल्म हेरेपछि उनले मिडियासँग फिल्म खतरनाक भएका प्रतिक्रिया दिएकी छन् ।
प्रिमियरमा रणवीर फिल्मको भूमिकाकै टिसटमा सहभागी थिए । जहाँ अभिनेत्री रश्मिका मन्दाना भने ब्राउन लेदर ड्रेसमा सहभागी थिइन् ।
फिल्ममा रणवीर र रश्मिकाको अलवा बबी देओल र अनिल कपुरको पनि अभिनय छ । बबी देओल पनि फिल्म हेर्न सपरिवार सहभागी थिए ।
फिल्ममा बबीले भिलेनको भूमिका निर्वाह गरेका छन् । फिल्म हेर्न बबीको पत्नी तानान्य, छोरा आर्यमान र भतिज करण समेत सहभागी थिए । शोमा अनिल कपुर पनि सहभागी थिए ।