मंसिर २४ र २५ गते पेशी स्थगित गरे गणना नहुने

काठमाडौँ – मंसिर २४ र २५ गते देशभरका अदालतमा मुद्दाको पेशी स्थगित भए गणना नहुने भएको छ।नेपाल बार एशोसिएशनको आग्रहमा दुई दिन कुनै पनि अदालतमा मुद्दाको पेशी स्थगित गरे गणनामा नहुने व्यवस्था मिलाउन सर्वोच्च प्रशासनले देशैभरका अदालतलाई परिपत्र गरेको छ।बारको ४१औँ स्थापना दिवस मनाउनुपर्ने र मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीसमेत आयोजना गरेकाले दुई अदालतमा पेशी व्यवस्थापनका लागि आग्रह गरेको थियो।
नियमअनुसार कुनै पनि पक्षले अदालतमा तीनपटक सम्म पेशी स्थगित गर्न पाउँछ।

सर्वोच्चले मातहत सबै अदालतलाई पठाएको परिपत्रमा भनिएको छ, ‘नेपाल बार एशोसिएशनद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर, २०२३ को अवसरमा मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी र नेपाल बार एशोसिएशनको ४१ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक हुने भएकोले उक्त कार्यक्रममा सहभागी हुनुपर्ने कारण दर्शाई मिति २०८०।०८।२४ र ऐ। २५ गते पेशी स्थगितका लागि कानून व्यवसायीज्यूहरुबाट निवेदन परेमा जुनसुकै अवस्थामा रहेका मुद्दा र निवेदन भए तापनि पटक कायम नहुने गरी पेसी स्थगितका लागि नेपाल बार एशोसिएशनको च।नं।१७१र०८०।८१ मिति २०८०।०८।१९ को पत्रको प्रतिलिपिसहित मिति २०८०।०८।२० को आदेशानुसार अनुरोध गर्दछु।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.