यस्तो छ, न्यायालय विवादबारे कांग्रेस नेता पौडेल र माओवादी अध्यक्ष दाहालको धारणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल न्यायालय विवाद दुई दिनमा टुंगिने बताउँदै प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने चर्चा नभएको बताएका छन् । 

न्यायालयको विवादमा राजनीतिक दल मौन रहेको आरोप लागिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले मुख खोलेकै दिन दाहालले भरतपुरमा यस्तो बताएका हुन् ।

सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने क्रममा दाहालले भने, 'हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं । अब पाँचै दल बसेर एक/दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।'

मंगलबार परिवारसहित चितवन दाहाल १२ गतेसम्म चितवन रहने कार्यक्रम छ ।

मंगलबार नेकपा एमाले पालिका अधिवेशनका क्रममा अध्यक्ष ओलीले परमादेश ल्याउनेहरुबीच अहिले पोल खोलाखोल भइरहेको भनी टिप्पणी गरेका थिए । 

त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुलाई प्रधानन्याधीशबारे चिन्ता रहेको बताएका छन् । 

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले न्यायलयमा बनेको असहज परस्थिति चिन्ताजनक भएको बताएका हुन् । 

उनले भने, 'प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ । न्यायलयमा जुन किसिमको असहज परिस्थिति बनेको छ त्यो न्यायलयको आन्तरिक मामिला हो । हामीले राजनीतिक हस्तक्षेप गर्न चाहेको हैन । तर, यो चिन्ताजनक हो ।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.