सप्तरीको । राजविराज नगरपालिका-८ मा विकासका कामले गति लिएको छ । चार वर्ष वबधिमा वडाको ९० प्रतिशत सडक निर्माणको काम सम्पन्न भएको छ।
राजविराज-८ स्थित मदन नगरदेखि पानीटंकीसम्म कालोपत्रे भइरहँदा वडा अध्यक्ष जयनारायण मण्डल आफै खटिएको देखिए। उनी वडाध्यक्षमा विजय भएदेखि यसरी नै काममा व्यस्त रहँदै आएको स्थानीय शैलेन्द्र कर्णले बताए। यहाँका जनताले सेवासुविधाका लगि आफ्नै वडा कार्यालयको भवन पाएको उनको भनाइ छ।
वडामा जनअपेक्षाअनुसार नै काम भएकोअर्का स्थानीय युवा नेता विष्णु यादवले बताए । कलेजको शिक्षण पेसा मण्डल राजनीतिमा लागेका हुन् । तनाव भए पनि जनताको काम गर्न पाउँदा खुसी लागेको उनले बताए ।