काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि चार विमानलाई भारत र बंगलादेश डाइभर्ट गरिएको छ ।
शुक्रबार बिहान चार विमान मौसमका कारण अवतर हुन नसकेपछि चार विमानलाई उक्त स्थानमा डाइभर्ट गरिएको हो ।
बिहान ‘जिरो’ भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार आकाशमा चक्कर काटिरहेका ४ बिमानको इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरर्पोट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको छ ।