काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सुन्दरीजलस्थित बिपी संग्रहालय जाने भएका छन्।
प्रधानमन्त्री तथा सभापति देउवा शुक्रबार दिउँसो राष्ट्रिय एकता दिवसको अवसर पारेर बिपी संग्राहलय जाने भएका हुन् ।
मेलमिलापको अवसरमा प्रधानमन्त्री देउवाले बिपी सङ्ग्रहालयमा बिपी काेइराला, गणेशमान सिंहलगायत नेताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
कांग्रेसका संस्थापक बिपी कोइराला २०३३ साल आजकै दिन अर्थात् पुस १६ गते मेलमिलाप नीतिका साथ भारत निर्वासनबाट स्वदेश फर्किएका थिए।