थुनामा रहेका आलमको मुद्दा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले हर्ने भएको छ । 

विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग आदि मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा छन् ।

थुनामा रहेका उनले बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

आलमले २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत वीरगञ्जमा थुनामुक्त हुन पाउनुपर्ने माग गर्दै निवेदन दिएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.