मन्त्री आलेले दिए, पर्यटन बोर्डका सिइओलाई साढेको संज्ञा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीलाई साढेको संज्ञा दिएका छन् । 

शुक्रबार भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत बताउँदै उनले सिइओलाई सो संज्ञा दिएका हुन् । 

‘यहाँ साँढेहरूलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब ती साँढे कस्ता हुन्छन् भन्दा हुँहुँहुँ गरेर आउँछ,' उनले भने, 'भखैर पदबहाली गरेको हुँहुँहुँ गरेर आउँछ । मन्त्रीसँग मेरो क्लाइमेक्स मिल्दैन रे । क्लाइमेक्स मिल्न त मैले जाँड खाने हुनुपर्छ ।'

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.