काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको केन्द्रविन्दु जनता भएको बताएका छन् ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले सो बताएका हुन् । केही पार्टीले चुनाव मात्र जित्ने लक्ष्य लिएको बताए ।
उनले भने, 'नेपाली जनताको सम्बृद्धि, जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ ।'