प्रतिनिधिलाई प्रचण्डको अनुरोध : एमसिसीबारे प्रतिवेदनमा जे छ त्यहीँ बुझिदिनूस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे प्रतिवेदनमा जे छ त्यसरी नै बुझिदिन अनुरोध गरेका छन् । 

प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले प्रतिनिधिहरुलाई सो अनुरोध गरेका हुन् । 

‘एमसीसीबारे धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’ उनले यसो भन्दा हलमा सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा ‘परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने’ भनेका छन् । तर बन्दसत्रमा भएको छलफलमा अधिकांश सहभागीले एमसिसी खारेज गर्नुपर्ने मत राखेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.