काठमाडौं । यो साता सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताभर सुनको मूल्यमा प्रतितोला ४०० रूपैयाँको गिरावट आएको छ ।
गत साताको शुक्रबार प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम थियो । यो साताको शुक्रबार प्रतितोला ९२ हजार ७०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पछिल्लाे हप्ताकाे शुक्रबार प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको छ ।