लागुऔषधसहित चार युवा पक्राउ

महोत्तरी । शुक्रबार राति लागुऔषधसहित चार युवा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका- ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-४ बस्ने १७ वर्षीय वीरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका-७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।  

भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरूलाई औरही नगरपालिका-४ स्थित सडकबाट प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.