२०२१ मा केही शक्तिले देशको दूरगामी यात्रालाई अलमल्याए : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिलाई उचाइमा पुर्‍याउने प्रतिबद्धता जाहेर गरेका छन् । अध्यक्ष ओलीले अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै सो प्रतिबद्धता गरेका हुन् ।

सन् २०२१ मा केही शक्तिहरूले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रूपमा अलमल्याउने काम गरेको टिप्पणी गर्दै उनले थाती रहेका राष्ट्रिय समृद्धिलाई नयाँ वर्षमा उचाइमा पुर्‍याउने जारी सन्देशमा उल्लेख छ।

 ‘भर्खरै सन् २०२१ मा केही शक्तिहरूले मुल्को दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रूपमा अलमल्याउने काम गरे। मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको एमालेको सरकारलाई संविधानको अपव्याख्याबाट हटाइयो’ ओलीले भनेका छन् ।

ओलीले २०२१ मा आफू नेतृत्वको सरकारले असाधारण काम गरेको, चुच्चे नक्सा प्रकाशन गरेको, अर्थतन्त्रलाईमाथि उठाएको, विकासका दूरगामी योजनाहरू थालनी गरेको उल्लेख गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.