लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गर्दैनौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व र पदाधिकारीमा सहमति नभए आफू निर्वाचनमा जान सक्ने बताएका छन् ।

शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधनका क्रममा उनले केन्द्रीय समिति र पदाधिकारी चयनका लागि आफूहरुले सक्दो कोसिस गर्ने यदि त्यसो गर्दा पनि नभए लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।

 ‘सबैको कोसिस सहमति होस् भन्ने नै हो । तर, लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले हामी जाँदैनौं’ बन्दसत्रमा प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, 'कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं । तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै हो ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.