माओवादी महाधिवेशन : पदाधिकारीमा सहमति जुटाउन दुई घन्टाको समय

काठमाडौं । माओवादीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सहमतिका लागि दुई घण्टा समय छुट्याएको बताएका छन् । 

उनका अनुसार माओवादीमा अध्यक्षभन्दा बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षीहरु बढी देखिएपछि सहमतिका लागि सो समय छुट्याइएको हो । 

सर्वसम्मति हुन नसके केन्द्रीय निर्वाचन आयोगले निर्वाचन समय कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।

माओवादीको विधान अनुसार केन्द्रीय सदस्यहरुबाट पदाधिकारी चयन हुनेछ । पदाधिकारी कति रहने भन्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई दिइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.