कांग्रेस केन्द्रीय सदस्यमा पौडेलसहित को-को भए मनोनीत ?

काठमाडौं । सभापति देउवाले आज पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् । 

पौडेलबाहेक कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा  विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालगायत छन् । 

नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।

निधि र सिंह सभापातिका उम्मेदवार थिए । दोस्रो चरणको निर्वाचनमा दुबैले देउवालाई समर्थन गरेका नेता हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.