काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ ।
समितिले निर्वाचन शनिबार १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो ।
शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका थिए ।