प्रतीक्षालयभित्रैबाट बुद्धको मूर्ति चोरी

काठमाडौं ।  ललितपुरको एक प्रतीक्षालयबाट बुद्धको मूर्ति चोरी भएको छ ।

गोदावरी नगरपालिका-३ टौखेल चोकस्थित मदन आश्रित प्रतीक्षालयभित्र राखिएको करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको हो ।

मूर्ति चोरी भएको खबर पाउना साथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी र साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.