शुक्रबार हुस्सु र कुहिरोभित्र रुमलिएको थियो।
दिनभर बेहुलीले घुम्टो उघार्दा झै झालकझुलुक्कबाहेक घाम देखिएन । यतिकैमा रात पर्यो ।
साँझको ८ बज्न लागेको थियो । म र मेरो साथी नयाँ वर्ष मनाउने सोचका साथ ठमेल जाने तयारीमा जुटियौँ । र, लाग्यौँ बसस्टतिर ।
हामी बसस्टप पुग्दा बाटो सुनसान भइसकेको थियो । लोकल बस कुद्न छाडिसकेका थिए । बस नपाएपछि हामी हिँड्दै जाने सोचमा थियौँ ।
यतिकैमा भ्यालीबाहिरबाट आउने बस आयो । हामीले रौक्यौँ । बस रत्नपार्क हुँदै जाने रहेछ । हामी त्यही बस चढ्यौँ ।
र, केही मिनेटमै रत्नपार्क ओर्लियौँ । बस आफ्नो गन्तव्यतर्फ लाग्यो । हामी पनि पैदल यात्रा गर्दै पुरानो बसपार्कबाट दरबारमार्गतिर लागियौँ ।
मैले पुरानो बसपार्कको मुखैमा एक युवती उभिरहेकी देखेँ । र, मनमनै सोच्यौँ ठमेल नगएर किन यहाँ ?
फेरि सोचेँ कसैलाई कुरेकी होलिन् । हामी अगाडि बढ्यौँ । पुन: अर्को कर्नरमा केटा कि केटी छुट्याउन नसकिने केटी रुपधारी भेट्यौँ । उसले हामीलाई हेर्दै भनी, ‘अँ औँ सेक्सी ।’
उसका ती वचनसँगै हास्दै हामीले भन्यौँ, ‘सेक्सी त छैन हौँ हामी त ।’
त्यसपछि पनि ऊ के-के भन्दै थिई । तर, हामी वास्तै नगरी रत्नपार्कको आकासेपुलतिर लागियौँ ।
त्यहाँ पनि हालत त्यही थियो । साइडमा बसेका केटी र केटाबीच निकै गोप्य भएझै खासखास खुसखुस गरिरहेका थिए ।
त्यति मात्रै नभएर केटीले बाटोमा हिँडिरहेका पुरुषलाई ‘जाने हो, कति रमाइलो हुन्छ' जस्ता उच्छृङ्खल सेक्सुवल शब्द प्रयोग गरेर जिस्काइरहेका थिए ।
बाटामा बस्नेहरुले हामीलाई पनि धेरै जिस्काए । 'जाने हो भनेर सोधे' । तर, हामी निरुत्तर भएर हेर्दै हिडेयौँ ।
यी सब कुरालाई बेवास्था गर्दै हामी सोझै ठमेलतिर लागियौँ ।
ठमेल बेहुली झै झिलीमिली रङगीबिरङगी बनाएर आकर्षक बनाइएको थियो ।
क्लब, डान्सबार, होटेल र दोहोरी साँझ धपक्कै बलेका थिए ।
रातको १० बजेको थियो । मानिसको चाप बढिरहेको थियो ।
त्यही भीडमा थिए मसिना बालकहरु । उनीहरु तराई मूलका झैँ देखिन्थे । बेलुन किनिदिनू न भन्दै चिच्याइरहेका थिए ।
तर, डान्सबार र क्लबबाट गुञ्जिएका गीतमा मन्त्रमुग्ध युवायुवतीले उनीहरुका आवाज सुनिरहेका थिएनन् ।
केही युवतीले पाइन्ट लगाए पनि अधिकांश युवतीले वान पिस लगाएका थिए । त्यसमाथि आँखाभरि गाजल हेर्दा निकै आर्कषक देखिन्थे । तर, केटाहरुले बाक्लै कपडा लगाएका थिए ।
यी दृश्य टाढाबाट हर्दा लाग्थ्यो कि जाडो त पुरुषलाई मात्रै हुँदोरहेछ ।
तर, उनीहरुको छेउमा जाँदा उनीहरु आच्छू-छू गर्दै कापिरहेका थिए ।

हामी लगभग रातभर नै त्यहीँ बस्यौँ । तर, युवतीले छोटा कपडा लगाउनुको रहस्य भने बुझ्न सकेनौँ ।
यसरी वान पिस लगाएर ठमेल पुग्नेहरुमा अधिकांश १६-२५ र ३०-३५ वर्ष सूमहका युवायुवती थिए । त्यसमा पनि जोडी र केही समूहमा।
रातको ठिक १२ बज्नासाथ ‘ह्यप्पी न्यू इयर’ गर्दै नववर्ष २०२२ लाई भव्यताका साथ स्वागत गरियो ।
युवा युवतीहरु त्यो भीडमा चुरोट र वियरको साथमा झुमिरहेका थिए ।
त्यत्तिकैमा ‘माकसम आज त मलाई चिसिक्कै छोएन यार’ वाक्यांश मेरो कानमा पर्यो ।
त्यसको उतरमा अर्कीले भनी, ‘मलाई पनि छोको छैन यार’
यतिकैमा मेरा आँखा हामीतिरै आइरहेको २२-२३ वर्ष उमेर समूहका युवतीमाथि पुग्यो । २२-२३ उमेर समूहका उनीहरु चुरोट तान्दै लाज किन बाबा भन्दै मखिँदै थिए ।
कोही बियर त कोही हिड्नै नसकिरहेका केटीलाई पुरुष साथीले डोहोर्याइरहेका थिए । यो दृश्य हेरेर हामी उभिरहेका थियौँ ।
यतिकैमा युवतीको एक हुल हामीतिरै आयो । त्यहीँ हुलभित्रकै एउटीले हामीलाई जिस्क्याउँदै भनी, ‘साथी छैन कि कसो ? साथी लिएर आउनुपर्छ नि । साथी छैन भने हामी छौँ है ।’
युवतीको प्रस्तावबारे हामीसँग कुनै जावफ थिएन । हामी हि...हि... गरेर हास्यौँ मात्रै । र, पनि उनीहरुले हामीलाई छाडेनन् । जिस्क्यइरहे । निशब्द भयौँ । र, त्यो जिस्क्यइँबाट बच्न ‘ह्याप्पी न्यू इयर’ भन्दै शुभकामना दियौँ ।