माओवादी महाधिवेशन: बन्दसत्र भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

यसअघि शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो । तर, एकाएक रातिका लागि हुने कार्यक्रम स्थगित गरी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । 

शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.