काठमाडौं । राई ईज किंग को उपमा बोकेका भर्सटाईल गायक राजेश पायलराईले अमेरिकाम प्रस्तुती दिने क्रममा दुर्व्यवहार भोग्नु परेको छ । अंग्रेजी नयाँ बर्षको अवसरमा उनी आफ्नो सँगीतिक कार्यकाक्रमका लागि अमेरिका पुगेका थिए ।
न्युयोर्कमा मध्यान्ह समयमा आफ्नो प्रस्तुती दिने क्रममा अपरिचित एक व्यक्तिले उनलाई पछाडीबाट अंगाले हालेको जस्तै गरेर समाउँछन् । गायक राईले आफ्नो प्रस्तुती दिन सक्दैनन । केही समय त्यो मान्छेले राईलाई छोड्दैनन् । आयोजकहरु आएर छुटाउँछन् । त्यो मान्छे त्यहाँबाट फरार हुन्छ ।
त्यस लगतै गायक राईले अगाडीबाट सबैले माया दिएको उदाहरण धेरै भएको र कसैले पछाडीबाट आएर त्यासे गर्दा मायाकै रुपमा स्विकारेको दावी गर्छन् । त्यो मान्छे को थियो ? किन राईलाई प्रस्तुती दिईरहेकै क्रममा पछाडीबाट समातिए आयोजक नै अनभिज्ञ छन् ।
ती व्यक्ति को हुन् भन्ने समेत आयोजकलाई थाह छैन । उपस्थिती दर्शकले राईलाई आई लभ यु भन्दै गर्दा ती व्यक्ति कार्यक्रमस्थलबाट फरार हुन्छन् । अहिले पनि त्यो व्यक्तिको पहिचान खोजी भइरहेको आयोजकले बताएका छन् ।
धेरैले उक्त व्यक्तिलाई खोजेर कार्वाही गर्न माग गरेका छन् । संगीतकर्मी र नेपाली कलाकारहरुले उनलाई खोजेर कार्वाही गर्न माग गरेका छन् । यस विषयमा गायक राईले आफ्नो थप धारणा सार्वजनिक गरेका छैनन् ।
व्यक्तिगत सम्बन्ध वा रिसिबी वा अन्य कुनै कारणले त्यस्तो घटना भएको हो की हैन भने वारेमा पनि आयोजकले खुलाएका छैनन् ।
भिडियो जस्ताको तस्तै :
भिडियो स्रोत: क्रियटिभ नेपाल टिभी र मज्जाको टिभीबाट