सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाख नगदसहित पक्राउ

काठमाडौं । सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाख नगदसहित पक्राउ परेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रकमसहित रेखा शाक्य पोखरेल पक्राउ परेकी हुन् । 

उनी काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत थिइन् । 

शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत नखुलेको रकम आएको बारे सूचना आएपछि सादा पोसाकमा खटिएको प्रहरीले सो रकम बरामद गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.