मओवादी महाधिवेशन : समानुपातिकतर्फका केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फका केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ ।

काठमाडौं प्रज्ञा भवनमा जारी महाधिवेशनबाट १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्दतिबाट र समानुपातिकतर्फ बाट केन्द्रीय सदस्य चयन हुनेछन् ।

समानुपातिक केन्द्रीय सदस्यका लागि आठ क्लस्टर छुट्याइएको छ । 

समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।

माओवादी स्रोतका अनुसार सात प्रदेशलाई हरेक क्लस्टरमा संख्या तोकेर केन्द्रीय सदस्यको नाम माग गरिएको जसमध्ये पाँच प्रदेशमा सहमति जुटिसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.