खाजा खाने समय देखाएर पुन: सर्‍यो माओवादी बन्दसत्रको कार्यतालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्र पुनः चार बजेसम्मका लागि स्थगित भएको छ।  

बन्दसत्रमा सहभागिताका लागि प्रतिनिधि हलभित्र पसिसकेपछि बन्दसत्र पुन: स्थगित भएको हो । 

बन्दसत्र सर्नुको मुख्य कारण खाजा खाने समयलाई देखाएर सारिएको छ । 

बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले जनाएको छ ।

यसैबीच सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.