सभामुख सापकोटाद्धारा  सर्वदलीय बैठकको आह्वान
सभामुखले आत्मालोचना गर्नुपर्ने एमालेको अडान

 

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले  संसदमा जारी गतिरोध अन्त्य गर्न आज सर्वदलीय बैठक  बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई डाकिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताए ।

प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो । कारबाही गरिएका आफ्ना १४ सांसदलाई सभामुखले १३ दिनसम्म निर्णय नगर्दा दल विभाजन भएको भन्दै एमाले सभामुखविरूद्ध आन्दोलित छ ।

एमालेले सभामुखले गल्ती बोध गरेर आत्मालोचना गर्नुपर्ने अडान राख्दै संसद् अवरूद्ध गर्दै आएको छ ।यता एमालेले कारबाही गरेका १४ सांसदको निर्णय आजै सर्वोच्च अदालतबाट फैसला हुने भएको छ ।

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.