काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ शुरु भइसकेको छ । शहर बजार र नजिकका पर्यटकीय स्थलहरु यूवायूवतीले भरिभराउ छन् । नेपालमा पनि विदेशी पर्व यूवा युवतीहरुका लागि छुट्टै हर्सोलासको पर्व बनेको छ ।
क्रिसमसमा पनि नेपालीहरु उतिकै रुपमा आकर्षित देखिन्छन् । विशेष गरि अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालका ठुला–ठूला शहरहरुमा अंग्रेजी नयाँ बर्षलाई एउटा पर्वका रुपमा मनाउने प्रचलन बढ्दै गएको छ ।
नयाँ बर्षको दिन मात्र हैन यसको छनक हप्तादिनसम्म पनि देखिन थालेको छ । नयाँ वर्षको एक दिन अगाडी आधुनीक नाइट कक्लबहरुमा विभिन्न मनोञ्जनात्कम कार्यक्रमहरु प्रायोजन गरिने हुनाले हजारौँ युवतीहरु त्यस क्षेत्रमा उपस्थित भएर मज्जा लिने गर्छन् ।
नयाँ बर्षको रातिदेखि विशेषगरि काठमाडौंकोे ठमेल, दरवारमार्ग, झम्सिखेल, नक्शाललगायतका वरिपरीको को क्षेत्रमा ठुला–ठूला नाइट क्लबहरु, लञ्जवार, डान्सबार, रेष्टुराँहरुमा खचाखच भिड छ ।
क्लवहरुमा रमाइलोका लागि जाने यूवतीहरुको संख्या भने अत्याधिक डर लाग्दो संख्यामा उपस्थित छ । साँँझ देखि मध्येरातसम्म यो क्रम भने रोकिदैन । झन् जति रात छिप्पिदै गयो त्यति नै उपस्थित हुने महिलाहरुको संख्या पनि बढि नै रह्यो ।
नयाँ वर्ष मनाउन भनेर काठमाडौँमा बसोवास गर्ने स्थानीय मात्र थिएनन् । त्यँहा त झन बाहिरी जिल्लाहरुबाट अध्ययन, रोजगारी तथा अन्य विभिन्न कारणले काठमाडौंमा अस्थायी बस्दै गरेका किशोरीहरु, विवाहित तथा अविवाहित महिलाहरुको बढि लाम लागेको थियो ।
यो समयमा न त उनीहरुले कोभिडको डर माने, नत चिसोको । केहि कुराको वास्ता नगरिकन उनीहरु एक अर्कामा रमाइरहे । चिसोको समयमा जाँडोबाट बच्नका लागि न्यानो तथा पुरा शरिर ढाक्ने कपडा लगाउनुको सट्टामा उनीहरुले अर्धनङ्गो कपडाको प्रयोग गरेका थिए ।
ठमेल, दरवारमार्ग, झम्सिखेल, मनोहरा, नक्शाललगायतका ठाउँ अहिले पनि खचाखच नै छ । प्राय गरि यसरी निस्किएका यूवतीहरु अनुमानित ७० प्रतिशत बढि अर्धनङ्गो कपडाको प्रयोग गरेको देखिन्थ्यो ।
साँझको समयमा शूरु–शुरुमा त सबै जनाले सचेत भएर नै ७ देखि १० बजे सम्म रमाइलो गर्ने गरिन्छ । तर माथी उल्लेखीत ठाउँहरुमा त्यसपछिको समयमा वातावरण असमान्य बन्दै जान्छ । मतलब झन् यूवा यूवतीहरु मदिरा र म्युजिकको तालमा झुम्छन् ।
लगभग १६ देखि २० वर्षसम्मका यूवतीहरु जोडीसहित मस्त देखिन्छन् । उनीहरुले एकअर्कालाई सम्हाल्दै व्यस्त थिए । कोहि भिडभाडमा नाच्दै कराउँदै उफ्रिरहे ।
यो माहोललाई हेर्दा पश्चिमीमूलुकका चाँडपर्वमा नेपाली यूवायूवतीहरु नजिकिँदै गएको प्रष्ट हुन्छ । यसले नेपाली कला, संस्कृति र पर्वलाई मात्रै चूनौती दिएको छैन । नेपाली संस्कार र समाजलाई पनि चूनौती दिएको छ । आजकाल नेपाली यूवा यूवतीलाई नेपाली पर्वहरुको वारेमा मुश्किलले ज्ञान प्राप्त हुन्छ । तर विदेशी चाडपर्व वारे उनीहरु कन्ठष्ट हुन्छन् ।
अंग्रेजी नयाँ बर्षको आसपासमा आदिवासी जनजातिहरुको चाडपर्व र ल्होसारहरु लाईनमा पर्दछ । तर ती ल्होसार र पर्वहरुमा यूवा यूवतीको मोह निकै कम देखिन थालेको छ, जति विदेशी पर्वमा देखिन्छ । सरकारले नेपाली कला, संस्कृति र पर्वलाई विशेष महत्व दिएर प्रवद्र्धन गर्न नसके नेपाली कला, संस्कृतिको जगेर्ना गर्न मसश्किल पर्नेछ । यस वारे सम्बन्धित पक्षले सोच्न जरुरी छ ।