काठमाडौं । परापूर्वका ऐतिहासिक धरोहर रहेको ठाकुर बाबा दह(ताल)मा पर्यटकको आकर्षण बड्दै छ।अंग्रेजी नयाँ वर्षका दिन यहाँ वनभोज खान हजारौंको संख्यामा पर्यटकहरु दह परिसरलाई गन्तव्य बनाएका छ्न।
दह क्षेत्रको मनमोहक वातावरणीय दृश्यले पर्यटनको केन्द्र बन्दैछ। ठाकुर बाबा दह लोजारा दहको नामले पनि प्रख्यात छ ।
वनको फेदमा रहेको यो दह धार्मिक ,सांस्कृतिक र वातावरणीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । दह साबिक लोहजारा गाउँ बिकास समिति वडा नम्बर ३ मा अवस्थित छ। हालको तिरहुत गाउँपालिका वडा नम्बर ५ मा पर्दछ। लोहजारा गाउँ क्षेत्रमा पर्ने भएकाले लोहजारा दहकै नामले प्रचलित हुँदै छ।
दहको बीचमा ठाकुर बाबा मन्दिर अवस्थित छ। आर्थिक वर्ष २०७१ र २०७२ मा राष्ट्रपति चुरे तराई-मधेस संरक्षण समितिको आर्थिक सहयोगमा तालको मर्मत सम्भार तथा सम्बर्द्धन भैइसकेको छ। यसले गर्दा यहाँको धार्मिक,सांस्कृतिक र वातावरणीय दृष्टिकोणले पर्यटन क्षेत्रको रुपमा विकसित भैइरहेको छ।
ठाकुर बाबा सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको वन लगभग ३ हेक्टरमा फैलिएको छ।हिजो मात्रै वन भित्र अंग्रेजी नयाँ वर्ष मनाउन सप्तरी,सिरहा र सिमापारीका हजारौं पर्यटक पिकनिक खान आएको वडा अध्यक्ष रमानन्द चौधरीले बताएका छ्न।
करिब ८ सय भन्दा बढी मोटरसाइकल,दर्जनौं चार पाङ्ग्रे गाडीमा पर्यटकहरु यश क्षेत्रमा आएको अनुमान गरिएको छ। वन चरिचरणका कारण नयाँ बिरुवाहरुको संरक्षण अभाव भएको थियो । तर अहिले त्यहाँ तारवारले घेरिएकोले नयाँ बिरुवाहरु लगाएको हो। यस क्षेत्र बिकासमा प्रदेश र संघ सरकारले कुनै तत्परता नदेखाएको बताए ।
शनिबार दिनभरि घुइँचो देखिन्थ्यो । डिजे साउन्ड सहित आएका वनभोजीहरुले रमाइलो गरिरहेका थिए ।भविष्यमा दह प्रदेश स्तरमै प्रख्यात हुने विश्वास स्थानीयले गरेका छ्न । प्रदेश सरकारले यस्ता धरोहरको बिकासमा तत्परता देखाउन जरुरी छ। यो क्षेत्रको पर्यटन बिकासले ग्रामीण आर्थिक बिकासमा टेवा पुर्याउन सकिन्छ ।