काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा देव गुरुङ र जनार्दन शर्मा बीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि जनार्दन शर्मा र वर्षमान पुनबीच देखिएको टकराव एकाएक वर्षमान पुनको ठाउँमा गुरुङको प्रवेश भएपछि सो पदमा शर्मा र गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो ।
माओवादी स्रोतका अनुसार शर्मा र पुनको तलसम्म गुट रहेकाले अध्यक्षको चाहना रहेको छ ।
सोहीअनुरुप गुरुङ महासचिव बन्ने सम्भावना बढेको छ ।