कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

कांग्रेसले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार टुंगो लगाएको हो । 

कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा सदस्य सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.