थप तीन सय २६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो समय देशभर तीन सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल नौ हजार सात सय पिसिआर परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

हालसम्म नेपालमा ११ हजार ५ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ६ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५ सक्रिय संक्रमित आइशोेलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.