सबै दलले टुंग्याए राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

माओवादी केन्द्रले महाधिवेशनसँगसँगै राष्ट्रिय सभा सदस्यको नामावली टुंग्याएको थियो । 

७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सोमबार बसेको गठबन्धन बैठकले राष्ट्रिय सभा सदस्य भागबन्डा टुंग्गिएको थियो ।

सोही बमोजिम सत्तारुढ नेपाली कांग्रेसले हिजै राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद्वार टुंग्याएको थियो ।

त्यसैगरी, गठबन्धविरुद्ध उत्रिने नेकपा एमालेले पनि हिजै उम्मेद्वार टुंग्याएको थियो ।

आगामी  माघ १२ मा राष्ट्रियसभा सदस्य निर्वाचनका निर्वाचन हुँदै छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.