राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा गठबन्धनबाट शर्माको उम्मेदवारी

दाङ ।  राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस बाँकेका युवराज शर्माले उम्मेदवारी दिएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे, राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रिय सभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.