चालक तथा सहचालकको निस्शुल्क स्वास्थ्य परीक्षण

अर्घाखाँची ।  अर्घाखाँची प्रहरीले सवारी चालक तथा सहचालकको निस्शुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ । मानवीय कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि चालक तथा सहचालकलाई लक्षित गरी निस्शुल्क स्वास्थ्य परीक्षण गरेको प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

सो क्रममा एक सय ४१ जना चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गरेका थिए । त्यसमध्ये १२ जनामा स्वास्थ्य समस्या देखिएको थापाले जानकारी दिए । उनका अनुसार सात जनामा रक्तचापसम्बन्धी समस्या देखिएको छ भने पाँच जनामा आँखाको समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएकालाई थप उपचारको लागि अस्पताल पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।

कर्यक्रममको उद्घाटन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गरेका थिए । कार्यक्रममा उनले गाडीको जस्तै चालक तथा सहचालकको पनि नियमित स्वास्थ्य परीक्षण गर्नु पर्ने बताए । सन्धिखर्क नगरपालिका-१ बसपार्कमा आयोजना गरिएको स्वास्थ्य परीक्षण शिविरमा उत्साहजनक रुपमा चालक तथा सहचालकको उपस्थिति थियो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.