कांग्रेस संस्थापन इतरसमूहको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षीय नेता छलफलमा जुटेका छन् । 

पार्टीमा सभापति शेरबहादुर देउवाको कार्यशैलीमा केन्द्रित भएर उनीहरु छलफलमा जुटेका हुन् । छलफलमा मुख्यता १४औँ महाधिवेशनमा पदाधिकारीमा लडेका नेता छन् । 

कोइराला प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरु र संस्थापन इतर पक्षका केही केन्द्रीय सदस्य पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेका छन् ।


सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनीत गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.