भट्टराईले समाजिक सञ्जालमार्फत् दिए प्रचण्डलाई बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी नेता बाबुराम भट्टराईले नकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएका छन् ।

आठौं महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मन रुपमा चयन भएको भोलिपल्ट भट्टराईले दाहाललाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।

जनयुद्धकाल तथा सोपश्चात् माओवादीमा भट्टराई र प्रचण्ड प्रतिस्पर्धी नेताका रुपमा रहेका थिए । 

भट्टराई  माओवादी छाडेर नयाँ शक्ति हुँदै हाल समाजवादी पार्टीमा आबद्ध छन् । 

भट्टराईले लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना । प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.