राष्ट्रियसभाद्धारा लोकसेवा आयोग विधेयक २०७५ पारित
ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू


काठमाडौँ। राष्ट्रियसभाले लोकसेवा आयोग विधेयक २०७५ बहुमतले पारित गरेको छ ।आज बसेको राष्ट्रियसभाको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोकाबीच सो विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू हुनेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.