पार्टीको क्रियाशील सदस्यता बितरणदेखि वडा अधिवेशनमा समेत षडयन्त्र भयो : रामचन्द्र पौडेल
सत्ता र शक्तिको दुरुपयोग


काठमाडौँ। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता बितरणदेखि वडा अधिवेशनमा समेत षडयन्त्र भइरहेको बताएका छन् । कांग्रेस सिन्धुपाल्चोकले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै नेता पांडेलले यस्तो आरोप लगाएका हुन् ।

उनले पार्टीको बिधि र बिधान मिचेर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले षडयन्त्र गर्न खोजेको स्वष्ट पारेका छन् । उनले सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै बर्तमान प्रधानमन्त्री समेत रहेको कांग्रेस सभापति शेर बहादुर देउवालाई कटाक्ष गरेका छन् ।

आफु सधै पार्टीको बिधि र बिधानमा रहेर काम गर्दे आएको भन्दै नेता पौडेलले नेताको सत्ता लिप्साका कारण नै कांग्रेस कमजोर भएको टिप्पणी  गरे।

उनले पार्टीलाई लोकतन्त्रको बाटोबाट बिचलित हुन नदिने प्रतिवद्धता ब्यक्त गर्दै १४ महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गर्ने समेत विश्वास व्यक्त गरेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.