महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण

बैतडी । दोगडाकेदार गाउँपालिका५ मा रहेको न्वाली स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई रेडियो वितरण गरेको छ । 

गाउँपालिकाबाट प्राप्त भएको २५ हजार रकम प्रशासनिक खर्चबाट केही रकम कटौति गरी रेडियो वितरण गरेको स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले बताए । 

इन्टरनेटको पहुँच नभएकोले सूचना तथा सञ्चारसँग जोड्नका लागि रेडियो वितरण गरिएको उनले बताए । रेडियो पाएपछि दैनिक समाचार सुन्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका वसन्ती चन्दले बताइन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.