भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । गलवानमा चिनियाँ झण्डा फहराएपछि भारतीय कांग्रेस नेता राहुल गान्धीले सामाजिक सञ्चालमार्फत् प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।
'केही दिनअघि मात्र हामी १९७१ मा भारतको गौरवशाली जीतलाई सम्झिरहेका थियौँ। देशको सुरक्षा र विजयका लागि बलियो निर्णय चाहिन्छ। खोक्रो शब्दले मात्र हुँदैन,’ उनले ट्विटमा भनेका छन् ।
अभी कुछ दिनों पहले हम 1971 में भारत की गौरवपूर्ण जीत को याद कर रहे थे।
— Rahul Gandhi (@RahulGandhi) December 31, 2021
देश की सुरक्षा और विजय के लिए सूझबूझ व मज़बूत फ़ैसलों की ज़रूरत होती है।
खोखले जुमलों से जीत नहीं मिलती! pic.twitter.com/U2KMcujVry
गलवानमा चिनियाँ पक्षले झन्डा फहराएको बारे भारतीय विदेश मन्त्रालयले कुनै पनि प्रतिक्रिया दिएको छैन ।
हालसम्म यस विषयमा विदेशि मन्त्रालयबाट कुनै प्रतिक्रिया आएको छैन ।
तर, केही दिनअघि चीनले अरुणाचल प्रदेशका केही भागको नाम परिवर्तन गरेपछि केन्द्र सरकारको टिप्पणी आएको थियो।
यसैबीच, चिनियाँ सञ्चारमाध्यमले सीमामा जारी गतिरोध अन्त्य गर्न भारतले द्विपक्षीय सम्बन्धलाई सन्तुलनमा ल्याउनु पर्ने सुझाव दिएका छन् ।
गलवान घाटीमा भारत र चिनियाँ सैनिकबीच भएको संघर्षकाे डेढ वर्षपछि गलवान घाटीमा कथित चिनियाँ झण्डा फहराइएपछि दुई देशबीचको सम्बन्धले कस्ताे आकार लिनेछ भनी चासोका साथ हेरिएको छ ।
बिबिसीले चीन र भारतबीचको सम्बन्धको गहिराइ बुझ्ने विज्ञ एवं जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर स्वर्ण सिंह र प्रोफेसर अलका आचार्यसँग कुरा गरेको थियो।
यस्तो छ भारतीयप्रोफेसरहरुको दृष्टिकोण
स्वर्ण सिंह
दुई देश र विशेष गरी चीनबाट प्रतीकात्मक दृष्टिकोणबाट कहिलेकाहीँ केही राम्रा पहल हुन्छन्। तर, यसको कुनै अर्थ छैन ।
इतिहासलाई हेर्ने हो भने चीन सधैँ अप्रत्यक्ष रूपमा प्रभुत्व जमाउन परिचित छ। चीन दुई पाइला अगाडि बढाएर एक कदम पछि हट्ने नीतिमा काम गर्छ । चीनको अन्य छिमेकी मुलुकसँग पनि त्यस्तै व्यवहार छ । यसको सबैभन्दा बलियो उदाहरण दक्षिण चाइना सागर हो । जहाँ चीनले विस्तारै आफ्नो प्रभुत्व कायम गरिरहेको छ ।
तर, भारत र चीन सम्बन्धको कुरा गर्ने हो भने चीनका लागि भारत एकमात्र यस्ताे छिमेकी राष्ट्र हो । जाे ठूलो देश हो र जसको सेना पनि निकै सक्षम छ ।
चीनले भारतमा जबरजस्ती प्रभुत्व जमाउन नसक्ने देखेको छ। तसर्थ उसले भारतलाई थकाउने रणनीतिअनुरुप ठूलो संख्यामा उपकरणसहित सैनिक उपस्थिति गराइरहेको छ । दुवै देशका कमाण्डरबीच हालसम्म १३ चरणको वार्ता भइसकेको छ ।
अगस्ट २०२० मा, भारतीय सेनाले दक्षिण प्यांगोङ तालमा प्रीएंपटिव एडवांस गरेको थियो। जसका कारण चीन सकारात्मक देखिएकाे थियो किन कि चीनको माल्डोमा रहेको अग्रिम मुख्यालयलाई खतरा थियाे ।
यस्तो अवस्थामा चीनलाई सकारात्मक वातावरण बनाउन आवश्यक थियो र त्यहाँबाट दक्षिण र उत्तर दुवै प्योङ तालहरूबाट सेना पछि हटाइयाे। त्यसयता चीनले आफूलाई कतैबाट कमजोर भएको महसुस गरेन ।
अब चीनको प्रयास सीमा क्षेत्रमा उपकरणसहित भारी सैन्य तैनाथ गर्नु हो । जुन चीनले हालै पारित गरेको कानुनमा सीमावर्ती गाउँमा सबै प्रकारका सुविधा दिने व्यवस्था गर्ने उल्लेख छ । साथै, चीनले ती गाउँलाई आदर्श गाउँ बनाउन, रेल, सडकदेखि यातायातका सबै साधन उपलब्ध गराइ सुविधा दिने प्रयास गरिरहेको छ।
जसको मुख्य उद्देश्य सीमावर्ती क्षेत्रमा लामो समयसम्म आफ्ना सेनाका पिएलए र प्रहरी पिएपी तैनाथ गराउन हो ।
चीन पुन: गलवानजस्तो घटना नहोस भन्ने चाहना राख्छ किन कि गलवान घटनाकै कारण विश्व चीनप्रति शंकास्पद छ। यदि भारतको विरोधमा कुनै किसिमको जनधनको क्षति भयो भने सारा विश्व भारतसँग जोडिनेछ । पहिले पनि विश्व भारतको साथमा उभिएको छ ।
तसर्थ चीनले एकअर्कालाई थकाउने रणनीतिअनुरुप काम गरिरहेको छ । हिउँद सुरु हुनुअघि केही आशा गर्न सकिन्थ्याे । तर अहिले जाडोमा पनि दुवैतर्फका एक लाख सैनिक तैनाथ छन् ।
भारतको कुरा गर्ने हो भने उसले पनि आफ्नो स्तरमा ढाचा निर्माण गरिरहेको छ । रुस, जापानलगायत दक्षिणपूर्वी एसियाका सबै छिमेकी राष्ट्रहरूमध्ये भारतमा मात्रै चीनविरुद्ध खडा हुने क्षमता राख्दछ ।
अहिले दुई देशबीचको सम्बन्धमा सुधारको कुनै संकेत देखिँदैन । चीन, भारत र अमेरिका सम्बन्ध थप गहिरो हुनेमा निकै चिन्तित छ । तर, भारतले रुस र अमेरिकासँग सम्बन्ध बनाएर बहुपक्षीय सम्बन्धतर्फ अघि बढ्न खोजेको छ ।
अल्का आचार्य
अहिले सीमा विवादका विषयमा दुई देशबीचको वार्ता राेकिएकाे छ । चीन अहिले जुन स्थानसम्म पुगेको छ, उसले त्यो खाली गर्छ भन्ने मलाई लाग्दैन । तसर्थ यो मुद्दा स्थगित भएको छ ।
अर्कोतर्फ देखिरहेका छौं कि चीनबाट दबाब बढिरहेको छ । हालसालै चीनले अरुणाचल प्रदेशका केही ठाउँलाई चिनियाँ नाम दिँदै भारतीय सांसदलाई चिठी लेखी तिब्बतमा भएको कार्यक्रममा सहभागी हुनुको सोधेको छ ।
वाङ यी र एस जयशंकरको भेटमा पनि सीमा विवादलाई एकतर्फ राखेर दुई देशबीचको पारस्परिक सम्बन्धलाई सामान्य बनाउने कुरा बारम्बार दोहोर्याइएको थियो ।
तर, गतिरोध अन्त्यका लागि दुई तर्फबाट माथिल्लो तहबाट पहल भएन । माथिल्लो तहबाट पहल नभएसम्म यो हल हुने देखिँदैन ।
रुसले तीन देशबीच वार्ता गर्न पहल गरेको हामीले देखिरहेका छौं। तर यसबीचमा भारतले अमेरिकाप्रति प्रत्यक्ष झुकाव देखाएकोले चीनमा निकै आशंका छ ।
यस्तो अवस्थामा अहिले चीनले भारतलाई दबाबमा पारिरहेकाे छ कि सम्बन्धलाई सामान्यीकरणतर्फ लैजाने प्रयास गराेस्, नत्र हामीसँग तपाईलाई दबाब दिने अनेक उपाय छन् ।
तर हामीले बुझ्नुपर्छ कि यदि चुनावी वर्षमा चीनबाट अझ बढी दबाब आयो भने भारतमा मोदी सरकार,जाे आफूलाई बलियो सरकारको रूपमा प्रस्तुत गर्छन्, उनले यस्ताे कदम चाल्नुपर्ने छ,जसबाट उनले याे देखाउन सकून् कि चीनसँग डराउँदैन र त्यससँग प्रतिस्पर्धा गर्न सक्छन्।
चिनियाँहरू अहिले भारतीय भूभागमा बसेका छन् भन्ने स्पष्ट छ । यदि उनीहरूले यसमा केही थप कदम चाले भने यो मोदी सरकारका लागि निकै समस्याको विषय बन्नेछ किनभने डेढ वर्षमा चीन बसेको ठाउँबाट हट्नुपर्छ भन्ने निर्णय गर्न सकेको छैन ।
योभन्दा बढी कदम चाल्यो भने संसदमा हंगामा मच्चिनेछ । यस्तो अवस्थामा राजनीतिक समाधान खोज्नुपर्छ जसले गर्दा परिस्थितिलाई बिग्रनबाट रोक्न सकियोस् ।
(क्विक नेपालका लागि बिबिसीबाट उर्मिला शर्माको अनुवाद)