एजेन्सी । अमेरिकाकी युनिभर्सिटीले विद्यावारिधि न्यूयोर्कमा बस्दै आएका पत्रकार किशोर पन्थीलाई (पीएचडी) डाक्टर अफ फिलोसोफीबाट सम्मानित गरेको छ । विश्वविद्यालयले किशोरलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको छ।
उनले मानवताको भलाइमा योगदान दिएकाले सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे जानकारी जनाएकी हुन ।
यस युनिभर्सिटीले समाजमा मानवीय योगदान गरेका व्यक्तिलाई हरेक वर्ष मानार्थ पीएचडीबाट सम्मान गर्ने गरेको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० वर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान छ ।
पन्थी न्युयोर्कबाट ११ वर्षदेखि प्रकाशित हुँदै आएको खसोखासका प्रधान सम्पादक हुन् । उनको सक्रियता पत्रकारितामा २ दशकदेखि रहँदै आएका छ।
अमेरिकामा एकदशकभन्दा लामो समय पूर्णकालीन पत्रकारितामा सक्रिय पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितको केन्द्रमा रहेर पत्रकारिता गरिहेका छन । पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँछन् ।