अस्ट्रेलियामा निर्मित चलचित्र ‘पर्पला’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौं ।  अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। नेपालीहरुको बाक्लो बसोबास रहेको अष्ट्रेलिया त्यसमा पनि सिड्नीमा नेपाली  सिनेमा ‘पर्पला’ को निर्माण गरिएको हो। अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका बिभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर यस सिनेमाको लेखन तथा निर्माण गरीएको छ ।

आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन्। अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्। रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन्। सरस्वती गौतम,शृजना ल्वागुन,भिम राज रसाइली,वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन्।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा रहेको र दोस्रो चरणको छायाँकन छिट्टै गरेर सिनेमालाई बजारमा ल्याउने निर्माण पक्षले बताएको छ।

पर्पला फिल्ममा पुकार गौतम, निखिला बुढाथोकी,  रोजी पन्त, प्रेक्ष्या अधिकारी,अष्ट्रेलियन कलाकार ओल्गा तमरालगायत १ दर्जन भन्दा बढी अष्ट्रेलियन कलाकारको पनि यस सिनेमामा अभिनय रहेको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.