पौडेललाई ओलीले किन गरे बेवास्था ?

पछिल्लो समय नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राजनीतिको मूल धारमा सक्रिय हुँदै छन् ।

महाधिवेशनअघि उच्चस्तरीय राजनीतिक समन्वय समितिको सदस्य भएसँगै राजनीतिक भूमिकामा सक्रिय भएका पौडेल पछिल्लो समय देउवाको सहजकर्ताको रुपमा प्रस्तुत हुँदै छन् ।

तर, उनी उच्चस्तरीय समन्वय समितिको सदस्य बनेसँगै सभापति बन्ने सपना चकनाचुर भयो । उच्चस्तरीय समन्वय समितिको सदस्य बन्नुअघि देउवाको कट्टर विरोधी पौडेल एक्कासि सहजकर्ता बनेका थिए । पौडेल देउवाको सहजकर्ता बनेसँगै उनको गुटले पौडेललाई शंकाको दृष्टिले हेर्‍यो । 

पौडेल देउवाको सहजकर्ता बन्नु उनको सबैभन्दा ठूलो कमजोरी थियो । पौडेलका यिनै कमीकमोजरीलाई उपयोग गर्दै देउवा आगामी पाँच वर्षका लागि पुन: सभापति बनेका छन् भने पौडेल देउवाको सहयोगीको भूमिका खेलिरहेका छन् । 

यसै क्रममा देउवाकै निर्देशनमा पौडेल बुधबार बेलुका एमसिसी र संसद सञ्चालनका विषय लिएर प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीनिवास पुगे ।

सरकार तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सहजताका लागि सत्तागठन्धन दलको उच्चस्तरीय राजनीतिक समितिको नेताको हैसियतमा उनी ओली निवास पुगेका थिए ।

ओलीसँगको भेटमा उनले एमसिसी सम्झौता पारित गराउन र संसद सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरे । तर, उनको आग्रहलाई ओलीले ‘म आफैँ प्रधानमन्त्रीसँग कुराकानी गर्छु’ भन्ने जवाफ दिए । पौडेलकै शब्दमा भन्ने हो भने ओलीले उनको आग्रहलाई बेवास्था गरे ।

पौडेलले ओलीलाई के भने ?

संसद् प्रतिपक्षी दलको हो । लामो समय संसद् बन्द हुँदा मुलुक नै अस्तव्यस्त बन्न पुग्यो । एउटा राजनीतिक विषयलाई इगोको रूपमा लिएर मुलुकलाई पछि धकेल्ने काम गर्न भएन । यो अप्ठ्यारो र दूरावस्थाबाट अघि बढ्नुपर्छ, संसद्लाई सुचारु पार्ने जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको पनि हो । मैले यी यावत कुरा गरेपछि उहाँले म आफैँ प्रधानमन्त्रीसँग कुरा गर्छु भनेर जवाफ दिनुभयो । पुन: मैले म प्रधानमन्त्रीसँग कुरा गर्छु भन्दा उहाँले कुरा अन्त्य मोड्नुभयो ।

पौडेलका कुरा ओलीले किन गरे बेवास्था ?

ओलीले आफ्नो निवास आएका रामचन्द्र पौडेलका कुरा सुनेर मात्रै फर्काइदिए । सत्तारुढ दलको नेताको हैसियतमा ओली निवास पुगेका पौडेलले भनेका कुरा उनले सुने मात्रै कुनै जवाफ दिएनन् । बरु म आफैँ प्रधानमन्त्रीसँग कुराकानी गर्छु भनी फर्काइदिए ।

ओली-पौडेलबीचको पछिल्लो सम्बन्ध

केपी शर्मा ओली र रामचन्द्र पौडेल राजनीतिक सिद्धान्त र दलगत रुपमा फरक धारका नेता हुन् । सिद्धान्त र राजनीतिक दल भए पनि व्यक्तिगत रुपमा नजिक- टाढा हुने प्रचलन छ । तर, यी दुई नेताबीच पछिल्लो समय व्यक्तिगत सम्बन्ध सुमधुर छैन ।

यतिसम्म कि २०७७ साल मंसिर १८ मा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गृहजिल्ला तनहुँ व्यास नगरपालिकामा पुल उद्घाटन गर्न जाने क्रममा पौडेललाई प्रहरीले केही घन्टा नियन्त्रणमा लिएको थियो ।

त्यसयता पौडेल ओलीको विपक्षमा उभिँदै आएका थिए। संसद विघटनका क्रममा देउवा मौन बस्दा पौडेलले उनीमाथि ओलीको साथ लिएको भनी सभपतिको आलोचनासमेत गरेका थिए ।

बरु तुलनात्मक रुपमा संसद विघटन हुँदा र अहिलेसम्म व्यक्तिगत र राजनीतिक धरातलका आधारमा देउवा-ओली सम्बन्ध सुमधुर छ। बरु यसअघि देउवा-पौडेलको सम्बन्ध तिक्तापूर्ण थियो ।

देउवा-पौडेल सम्बन्ध

सर्वजनिक मञ्चमा असुहाउँदो तिरकाले बाझाबाझ गर्ने शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको सम्बन्ध १४औँ महाधिवेशनपछि सुमधुर बनेको छ ।

विगतमा आफ्नो गुटको व्यस्थापन गर्न नसकेपछि सभापतिको उम्मेद्वार नबनेपछ देउवा-पौडेल समूहको सम्बन्ध सुमधुर बनेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसका समकक्षी नेता हुन् । विगत लामो समयदेखि कोइराला पक्षीय नेताको रुपमा रहँदै आएका उनी १३औँ महाधिवेशनपश्चात् उनी सोही समूहको नेतृत्व गरेका थिए ।

यद्यपि गुटको व्यवस्थापन गर्न नसक्दा उनी १४औँ महाधिवेशनसँगै सो गुटबाट अलग्गिएर शेरबहादुर खेमामा पुगेका छन् ।

योसँगै नेपाली कांग्रेसभित्र अब पौडेलको पार्टीभित्र के भूमिका भनी निकै चासोका साथ हेरिन थालिएको छ । 
पौडेलले विगतमा गरेका असहयोग देउवाले बिर्सिनेछन् वा इगोको लिएर उपयोग मात्र गर्छन् । त्यो भने आगामी दिनले बताउलान् ।

पौडेल सानो मन र थोरै कुरामा फकिने स्वभाव भएका कारण देउवाले उनलाई उपयोग मात्र गर्छन् भन्ने कतिपय कांग्रेसीजनको विश्लेषण छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.