एमाले काठमाडौं अधिवेशनको तयारी पूरा 

काठमाडौं ।  नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । 

जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए । 

काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो ।

शुक्रबार ९२३ पुस०मा उद्घाटन हुने जिल्ला अधिवेशनमाा नेतृत्व चयनका लागि २४ गते राष्ट्रिय सभा गृहमा २४ पुस शनिबार बन्द सत्र हुनेछ । 
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.