काठमाडौं । लिभिङ टुगेदरमा बस्दै आएका युवक युवती मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौंको कपनमा संखुवासभाका २६ वर्षीय अमिश जिमी र खोटाङकी युसिना राई मृत मृत भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार युवतीको शरीरमा धारिलो चक्कु रोपेको र केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।
साथै कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको प्रहरीले जानकारी दिएको छ ।