आइतबारसम्म नारायणहिटीबाट संरचना नहटाए आफैँ हटाउने मन्त्री आलेको चेतावनी 

काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले आइतबारसम्म नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनका लागि बनाइएको संरचना नहटाए आफैँ हटाउने चेतावनी दिएका छन् । 

मन्त्री आलेले बतास अर्गनाइजेसनलाई सो निर्देशन दिएका हुन् । 

‘मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु,’ मन्त्री आलेले भने । 

मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न छानविन मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् ।

बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.