काठमाडौं । कोरोनाका कारण नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले कार्यालयका कर्मचारी र केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।
आगामी केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने भनिएको थियो । काठमाडौंमा यही पुस १० गतेदेखि १७ गतेसम्म चलेको आठौं महाधिवेशन अपुरो केन्द्रीय समिति चयन गर्दै सकिएको थियो ।