अर्घाखाँचीको  एमाले जिल्ला अधिवेशनमा दुई जनाको उमेद्वारी घोषणा

अर्घाखाँची । नकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा सुुरु भएको छ ।

एमाले अर्घाखाँचीको नेतृत्वसहितको पदाधिकारी चयन सहमतिमा गर्ने तयारी छ । तर, नेतृत्वको लागि पिताम्वर भुसाल र जीवनारायण कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य राजेन्द्र जिसीसहितका विभिन्न व्यक्तिहरु एमालेमा प्रवेश गर्नुभएको छ । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.