काठमाडौं । एमसिसी र भइरहेको संसद अवरोध हटाउने जिम्मेवारीबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल ओलीसँग परामर्श गर्न नजाने भएका छन् ।
यसअघि संसद गतिरोध र एमसिसी सम्झौताबारे कुराकानी गर्न म आफैँ केपी ओलीका जाने भनी अभिव्यक्ति दिएका उनी सो जिम्मेवारी प्रधानमन्त्रीलाई मात्र सुम्पिए पछि पन्छिएका हुन् ।
यसअघि माओवादीको आठौँ महाधिवेशनका क्रममा उनले म आफैँ ओलीकामा जान्छु भनेका थिए ।
गठबन्धनको बैठकले संसदको अवरोध हटाउने विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा केही बेरअघि बसेको थियो ।
गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नमिल्ने भएकोले संवादबाट समाधान खोज्न प्रयास गरिएको बताए ।
यसअघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल वर्तमान गतिरोध समाधान गर्न सहयोग गरिदिन माग गर्दै ओलीनिवास गएका थिए । तर, ओलीले उनलाई म आफैँ प्रधानमन्त्रीसँग कुरा गर्छु भनी फर्काइदिएका थिए ।