अपराध महाशाखा भन्छ : साउनयता अनलाइन ठगीका १० निवेदनको मात्रै मुद्दा चलेको छ

काठमाडौं । पछिल्लो समय प्रविधिको विकासले तीव्रता पाएको छ। प्रविधिको विकासले तीव्रता पाएसँगै मानिसको जीवनलाई सहज पनि बनाएको छ ।

विश्वको कुनै एक कुनामा बसेको मानिस र अर्को कुनामा बसेको मानिस प्रत्यक्ष कुराकानी र एक आपसमा सहयोग पनि हुँदै आएको छ।

तर, पछिल्लो समय प्रविधिले दैनिक जीवनमा सहजता सँगसँगै विकृति पनि भित्र्याएको छ ।

जसरी एक कुनाबाट अर्को कुनामा रहेका मानिसबीच कुराकानी र सरसहयोग हुन्छ त्यसैगरी, विश्वको एक कुनामा रहेको एक अपराधी अर्को कुनामा अपराध गरिरहेको हुन्छ ।

यसै, क्रममा पछिल्लो समय अनलाइन ठगी पनि बढिरहेको छ । 

मोबाइल, वार्टसप, इन्स्टाग्राम, इमोलगायत अनलाइनको माध्यमबाट चिठ्ठा परेको भन्दै  अपरिचित व्यक्तिले उनीहरुको नागरिकता, बैंङ्कखाता नम्बरलगायत कागजजात माग्ने र नक्कली परिचय कार्ड बनाएर ठगी गरिरहेका छन् । 

अपरिचित व्यक्तिबाट यस्ता आपराधिक काम गरिरहेको अवस्थामा पनि ग्राहक सचेत हुन जरुरी छ ।

अपराध महाशाखाका अनुसार आवधिक वर्ष २०७८/०८९ मा गत श्रावनदेखि अहिलेसम्म ३४२ निवेदन दर्ता भएका छन् । जसमध्ये दशवटा निवेदनको मात्र मुद्दा चलाइएको छ । त्यसैगरी,आपसी समझदारीमा बाँकी तीस जनाको रकम फिर्ता गरिएको छ ।

तर, अन्य मुद्दा ठोस प्रमाण नपुगेर कारबाही हुन सकेको छैन ।

अपराधीलाई कानुनी दायरामा ल्याइ कानुनी कारबाही गर्ने तयारी भइरहेको बानेश्वर महाशाखाले जनाएको छ ।

तर, अनलाइनबाट ठगिएकाहरु आफूसँग कुनै प्रमाण नुहुँदा मारमा छन् । 

अपराध महाशाखाकी कोपिला चुँडाल अनलाइन ठगीबाट बच्न नसक्नु ग्राहक वर्गको समस्या भएको बताउँछिन् ।

‘ग्राहक वर्ग ठगिनुअघि सचेत हुँदैनन् ।  जब उनीहरु  यस्ता समस्यामा पर्छन् त्यसपछि मात्र सचेत हुने गर्छन्,’ उनी भन्छिन्, अपराध महाशाखाले पनि प्रमाण नजुटेका समस्याको उत्खनन् गर्न सक्दैन । तसर्थ, सबै सतर्क हुन आवश्यक छ ।’

ठगी गर्नेहरु विश्वको एक कुनामा बसेर अर्को कुनामा ठगी गरिरहेका हुन्छन् । तसर्थ सबै सचेत हुन जरुरी हुन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.