काठमाडौं । जनता समाजवादी पार्टीको नुवाकोट जिल्ला कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ ।
शुक्रबार जसपाका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेद्वार उत्तम अधिकारी जिल्ला कमिटीसहित नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नुवाकोट क्षेत्र नम्बर १ र २ बाट जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेसँगै नुवाकोटमा जसपा शून्य भएको छ ।